सूर्योदय हेर्नका लागि प्रख्यात छ, इलामको अरू बेला हुस्सु र कुहिरोले छोपिने श्रीअन्तु कात्तिक र मंसिर महिनामा सफा देखिन्छ। आगन्तुकहरूले अघाउँजी सूर्योदयको मजा लिन सक्छन्।
मंसिरको चिसो सिरेटोको प्रवाह नगरी यतिबेला अन्तु डाँडामा एकाबिहानै मानिसहरू जम्मा भएको देख्न सकिन्छ। आन्तरकि र बाह्य पर्यटकहरू सूर्योदयको लोभलाग्दो दृश्य हेर्दै कल्पनाको संसारमा डुबेका हुन्छन्। पूर्वी क्षितिजमा जब रातोरातो सूर्यको डल्लो देखिन्छ, तब हातहातका क्यामरा क्लिक-क्लिक गर्न थाल्छन्। दक्षिण पूर्वतिर बगेको मेचीको काखैमा सिलिगुडी बजार देखिन्छ भने सीधैँ अगाडि चम्कने गर्छ, सूर्योदय। कात्तिक, मंसिरपछि चैत-वैशाख पनि सूर्योदय हेर्ने उपयुक्त समय हो।
श्रीअन्तु नेपालकै सबैभन्दा पूर्वको डाँडो हो। यसको नामबाट श्रीअन्तु गाविस पनि राखिएको छ। तर, श्रीअन्तु भने समाल्बुङ गाविसमा पर्छ। यहाँ सूर्योदयको दृश्य अवलोकन गर्न आउनेहरूलाई कन्यामको चियाबारीले लठ्ठै बनाइदिन्छ। नेपालको बाटो भएर आउनेहरूलाई नागबेली परेका सडकसँगै चिसोचिसो हावाले छुन्छ। यात्रा जति उकालो चढ्छ, त्यति नै चिसोपन महसुस हुन्छ।
अन्तुडाँडामा वर्षैपिच्छे महोत्सव पनि आयोजना गरन्िछ। अन्तु पर्यटन विकास केन्द्रका अध्यक्ष धनबहादुर आलेका अनुसार, अन्तु क्षेत्रले सिंगो इलामको प्रतिनिधित्व गर्छ। अन्तुडाँडा, अन्तुपोखरी, अतिथि सत्कार, अकबरे खुर्सानी, ओलन -दूध), आलु, अदुवा, अलैँची, अमि्रसो, अर्किड -सुनाखरी) र अर्थोडक्स चिया गरी ११ 'अ'को संगमस्थल मानिन्छ, श्रीअन्तुलाई। अन्तु पर्यटन विकास केन्द्रले पर्यटकहरूलाई पेइङ् गेस्ट बनाएर खाने र बस्ने व्यवस्था पनि गर्छ। स्थानीय बासिन्दाले होटल, लजभन्दा कम मूल्यमा सुत्ने र खाने व्यवस्था मिलाएका हुन्छन्। सूर्योदय हेर्नका लागि सानो टावर पनि बनाइएको छ यहाँ। काठमाडाँैबाट छ सय किलोमिटर टाढा इलामको फिक्कल पुग्न नौ सय रुपियाँ लाग्छ। फिक्कलबाट १४ किमि पूर्व पर्ने अन्तु पुग्न ८० रुपियाँ लाग्छ।
अन्तुडाँडामा सूर्योदय
Article submitted by: Birkhe Bhai via email